माण्डवी गाँउपालिका–५ मा रहेको एनसेल टावरमा पुस २५ गते अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ ।
आगजनीबाट टावरको तार र अन्य भागमा क्षति भए पश्चात सेवा अवरूद्ध भएको छ । घटना स्थल नजिकै फेला परेको शङ्कास्पद बस्तुलाई नेपाली सेनाको टोलीले हटाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्र जिसीले बताउनु भयो ।
आगजनी घटनाको कसैले जिम्मा नलिएको र अनुसन्धान भइरहेको इन्स्पेक्टर जिसीले बताउनु भयो । उहाँले आगजनीबाट कति क्षति भयो भन्ने कुरा प्राविधिक टोलीको रिर्पोट पश्चात मात्र थाहा हुने बताउनु भयो ।