जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता सितगङ्गा नपा–१० का २४ वर्षीय ऐनबहादुर बिकलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेश पछि पुस २३ गते रिहा गरेको छ ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय शेषराज शिवाकोटी र मदन पोख्रेलको संयुक्त इजलासले पुस २३ गते विना काराण थुनामा रहेका ऐनबहादुर बिकलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको हो ।
अधिवक्ता ज्ञानु केसीले बिना कारण थुनामा राखेको भन्दै उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा पुस १८ गते बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नु भएको थियो । बिकलाई प्रहरीले पुस १५ गते सन्धिखर्कबाट गिरफ्तार गरि सार्बजनिक मुद्दा दर्ता गरेको थियो ।