हरिनगर गाउँपालिका –५ की २१ वर्षीया पूजादेवी मेहताको हत्या गरेको आरोपमा २५ वर्षीय पति सन्तकुमार मेहता विरूद्घ प्रहरीमा पुस २२ गते उजुरी दर्ता भएको छ ।
पुस २१ गते घरायसी विवादका क्रममा आरोपितले हत्या गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्घ उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोश शर्माले बताउनुभयो ।
मृत्तकका दाजु विनोद मेहताले बहिनीले ज्वाईको मोबाइलमा आएको फोन उठाएको आरोपमा हत्या गरेको बताउनुभयो ।
शवको पोष्टमार्टम बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा पुस २२ गते गरिएको छ ।
पोष्टमार्टमको रिपोर्ट परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाण्डौँ पठाईएको डिएसपी शर्माले बताउनुभयो । काठमाण्डौँबाट रिपोर्ट प्राप्त भएपछि कानूनी कारबाही अघि बढाउने डिएसपी शर्माको भनाइ छ ।