१५ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले मिक्लाजुङ गाउँपालिका –४ का ५७ वर्षीय कृष्णबहादुर गहतराजलाई पुस २२ गते गिरफ्तार गरेको छ ।
आरोपितले पुस १९ गते यौन दुव्र्यवहार गरेको आरोपमा पीडित पक्षले पुस २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरेको डिएसपी सिद्घराज न्यौपानले बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २२ गते गरिएको छ ।