INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

५० वर्षीया  महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले शुद्धोधन गाउँपालिका–१ चंखीपुरका ५० वर्षीय रामनाथ मल्लाह विरूद्ध  इलाका प्रहरी कार्यालय, बुटवलमा पुस २२ गते उजुरी दर्ता गराएको छ ।

सुस्त श्रवण शक्ति भएकी महिलालाई आरोपितले पुस २० गते बलात्कार गरेको भन्दै पीडितका छोराले दिएको उजुरीका आधारमा अनुसन्धान भइरहेको र आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको डिएसपी भीमलाल भट्टराईले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस २२ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो