५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले शुद्धोधन गाउँपालिका–१ चंखीपुरका ५० वर्षीय रामनाथ मल्लाह विरूद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा पुस २२ गते उजुरी दर्ता गराएको छ ।
सुस्त श्रवण शक्ति भएकी महिलालाई आरोपितले पुस २० गते बलात्कार गरेको भन्दै पीडितका छोराले दिएको उजुरीका आधारमा अनुसन्धान भइरहेको र आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको डिएसपी भीमलाल भट्टराईले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस २२ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको प्रहरीले जनायो ।