INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश सांसदद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई मार्ने धम्की

कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार महतोलाई प्रदेश २ का सासंद सञ्जय यादवले पुस ५ गते, ७ गते, ९ गते १३ गते र १४ गते गरी पटकपटक फोनमार्फत मार्ने धम्की दिएको भन्दै पीडितले पुस ८ गते दिएको उजुरी उपर प्रहरीले कारवाही नगरेको पीडितले बताउनु भयो ।

प्रतिनिधिसभा क्षेत्र नम्बर ३ ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित यादवले कमिशन लिनको लागि विभिन्न बहानामा प्रमुख प्रशासकीय अधिकृतलाई धम्की दिएको पीडित महतोले बताउनु भयो ।

प्रदेश सांसदकै डरत्रासले गर्दा कर्मचारीहरूले सहज रूपमा कार्यसम्पादन गर्न नसकेको तथा कविलासी नगरपालिका कार्यालयको कामकाज प्रभावित भएको कविलासी नगरपालिकाका मेयर कौशलकिशोर यादवले जानकारी दिनु भयो ।

आफ्नो निर्देशन नमानेको भन्दै ०७५ जेठमा प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तवलाई प्रदेश सांसद यादव लगायतले नगरपालिकामै पुगेर गाली गलौज गर्नुका साथै मार्ने धम्की दिँदै कुटपिट गरेको आरोप थियो ।

त्यसपछि नविन श्रीवास्तव सरूवा भएर अन्यत्रै गएपछि नगरपालिका कार्यालयकै नायब सुब्बा गोपाल सिंह घलेले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिमेवारी सम्हाल्नुभएको थियो ।

घलेपछि प्रमुख प्रशासकीय अधिकृतको रूपमा रामप्रसाद सापकोटा आएपछि उहाँ पनि प्रदेश सांसद यादवकै डरत्रासले काम गर्न नसक्ने भन्दै दुई दिनमै सरूवा गराएर अन्यत्र जानुभएको थियो ।

कविलासी नगरपालिका कार्यालयमा ०७५ माघ २३ गते प्रमुख प्रशासकीय अधिकृतको रूपमा हाजिर हुनुभएका रामकुमार महतोलाई पनि प्रदेश सांसद यादवले पटकपटक मार्ने धम्की दिएको कविलासी नगरपालिका कार्यालयका मेयर कौशल किशोर यादवले जानकारी दिनुभएको हो ।

‘यसभन्दा अघि मेरो कुरा नमान्ने अधिकृतको नाकको हड्डी भाँचेको छु । सिडिओको दाँत भाँचेको छु । एसपीलाई छाडेको छैन लगायतका कुरा गरी सुरूमै मलाई धम्की दिनुभयो ।’–प्रमुख प्रशासकीय अधिकृत महतोले भन्नुभयो ।

शान्ति सुरक्षा र न्यायका लागि माग गर्दै पुस ८ गते जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उजुरी दिएपनि आरोपितविरूद्ध कुनै कारवाही नभएको पीडित महतोले बताउनुभयो ।

पुस ९ गते राति ९८५११६३२१० नम्बरबाट फेरि फोन गरेर सञ्जय यादवले हरहिसाब  मागेर आतङ्कित पारेको पीडितको

पीडितले निवेदन दिएपछि  शान्ति सुरक्षाको व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो ।

अन्य

भिडियो