शुक्लाफाँटा नगरपालिका–११ का वडा अध्यक्ष दिलबहादुर बुढाले आफूलाई शुक्लाफाँटा नगरपालिका–११ का ५५ वर्षीय अग्नि विष्ट र उनका २८ वर्षीय छोरा लोकेन्द्र विष्टले पुस २२ गते कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय, झलारीमा लिखित उजुरी दिनु भएको छ ।
अग्नि विष्ट र उनका २८ वर्षीय छोरा लोकेन्द्र विष्टका विरूद्ध पुस २२ गते वडा अध्यक्ष बुढाले लिखित उजुरी दिएको इलाका प्रहरी कार्यालय,झलारीका सइ मोहन चन्दले जानकारी दिनु भयो ।
उजुरीका आधारमा दुबै पक्षलाई बोलाइ घटनाका बारेमा छलफल गरिरहेको इलाका प्रहरी कार्यालय, झलारीका सइ चन्दले बताउनु भयो ।
छाडा चौपाया व्यवस्थापनका क्रममा खर्च भएको रकम भुक्तानीका लागि नगरपालिका जानुस् भन्दा आफूलाई हातपात र कुटपिट गरिएको वडा अध्यक्ष बुढाले बताउनु भयो ।
कुटपिटबाट कम्मरमा चोट लागेका अध्यक्ष बुढाको स्थानीय मेडिकलमा उपचार भएको छ । रकम भुक्तानीका लागि अनुरोध गर्दा सामन्य विवाद भएको आरोपित अग्नि विष्टले बताउनु भयो ।