मालिका गाउँपालिका वडा नम्बर ७ घमिरको वडा कार्यालय पुस ८ गते राति अज्ञात पक्षले तोडफोड गरेको छ ।
वडा अध्यक्ष बेदप्रसाद पन्थीका अनुसार कार्यालयको ढोका फोडिएको अवस्थामा रहेको छ । कार्यालयका कागज पत्र छरिएका छन् भने टेवलको घर्रा फोरेर नगद ३० हजार रुपियाँ चोरी भएको छ ।
उहाँले राजश्व संकलनबाट उठेको पैसा बैंक दाखिला गर्न बाँकी रहेकाले नगद रुपियाँ वडा कार्यालयमै रहेको बताउनु भयो ।
बिहान कार्यालय सहयोगीले कार्यालय खोल्न आउँदा ढोका फोरेको देखेपछि वडाध्यक्षलगायत प्रहरीलाई खबर गर्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी मीन घलेले सिमलटारी प्रहरीले घटनाको मुजुल्का तयार पारी अनुसन्धान थालेको बताउनुभयो ।