INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार कसुरमा १४ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शिवसताक्षी  नगरपालिका– ७ शिवगञ्जका ५८ वर्षीय यामबहादुर कोइरालालाई अदालतले पुस २० गते १४ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायधीश प्रमेश पोखरेलको इजलासले कैद सजायसँगै कसुरदारबाट पीडितले पाउने गरी २५ हजार रूपियाँ क्षतिपूर्ति भराउन आदेश भएको छ ।

आरोपितले ०७५ पुस १३ गते बलात्कार गरेको आरोपमा पीडितका बाबुले पुस १७ गते आरोपित विरूद्घ इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी दिएका थिए ।

आरोपितलाई प्रहरीले पुस १७ गते गिरफ्तार गरी कारबाही अघि बढाएकोमा जिल्ला अदालतको ०७५ माघ १० को आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पतालमा ०७५ पुस १७ गते गरिएको थियो ।

 

अन्य

भिडियो