माइ नगरपालिका–१० की ३८ वर्षीया ठाकुरकुमारी न्यौपानेलाई कुटपिट गरी घाईते बनाएको आरोपमा प्रहरीले ५१ वर्षीय पति धर्मानन्द तिम्सिनालाई पुस १८ गते गिरफ्तार गरेको छ ।
आरोपित पुस १८ गते सम्वेदनशील अङ्गमा कुटपिट गरी घाईते बनाएको आरोपमा पीडितले पुस १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको एसपी हिराबहादुर पाण्डेले बताउनुभयो ।
पीडित महिलाको उपचार जिल्ला अस्पतालमा पुस १२ गते गरिएको छ ।