INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको १६ महिना कैदको फैसला

१३ वर्षिया बालिकालाई यौन दुर्व्यवहार कसुरमा जिल्ला अदालत नुवाकोटले १७ वर्षिय बालकलाई पुस १३ गते १ वर्ष ४ महिना कैद सजाय सुनाएको छ ।

न्यायाधीश उमेशप्रसाद लुइटेलको इजलासले पुस १३ गते १ वर्ष ४ महिना कैद सजायको फैसला भएको श्रेस्तेदार शिवप्रसाद बन्जाराले जानकारी दिनुभयो ।

बालकले ०७५ पुस २ गते बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सोही दिन प्रहरीले गिरफ्तार गरी मुद्दा चलाएको थियो । बालकलाई नेपालगञ्ज बाल सुधार केन्द्रमा रहेर कैद भुक्तान गरिरहेको अदालतले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २ गते नै त्रिशूली जिल्ला अस्पतालमा भएको थियो ।

अन्य

भिडियो