नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको जनमुक्ती सेना भएको आरोपमा प्रहरीले २७ वर्षीय विमलेन्द्र थापालाई पुस १६ गते गिरफ्तार गरेको छ ।
जिल्ला दैलेख दुल्लु नगरपालिका–२ स्थायी घर भई हतुवागढी गाँउपालिका–९ बस्दै आएका थापालाई ४ राउण्ड गोली र विप्लव पार्टीको दस्ताबेजसहित हतुवागढी गाँउपालिका–९ बाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर पाण्डवकुमार राजवंशीले बताउनुभयो ।