INSEC Online

📅 २०८३ जेष्ठ २१

वृद्धा हत्याका आरोपित गिरफ्तार

राप्तीसोनारी गाउँपालिका–१ की ६८ वर्षीया वृद्धा पम्फा वलीको हत्या आरोपमा प्रहरीले  नाती २८ वर्षीय  उमेश वलीलाई पुस १६ गते गिरफ्तार गरेको छ ।
घरयासी झगडामा पुस १५ गते आरोपितले वृद्धालाई धकलेपछि  भित्तामा ठोकिएर बेहास भएकी वृद्धालाई उपचारकोलागि काठमाण्डौ लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी बीरबहादुर वलीले बताउनु भयो ।
विवादको क्रममा मृतकले  नातिको हातमा टोकेपछि धकेल्ने क्रममा  दिवालमा ठोकिएको  एसपी वलीले बताउनु भयो ।
आरोपित इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

शवको  पोष्टमार्टम पुस १६ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो