INSEC Online

📅 २०८३ जेष्ठ २१

उपकुलपति धर्मकान्त बास्कोटाको कार्यकक्षमा तोडफोड

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ आबद्ध विद्यार्थीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तोडफोड गरेका छन् ।

राजनीतिक नियुक्तिको आधारमा असक्षम व्यक्तिलाई रजिष्ट्रार नियुक्त गरेको भन्दै नेविसंघले पुस १३ गते उपकुलपति कार्यालय तोडफोड गरेका हुन् ।

उपकुलपति बास्कोटाको सिफारिसमा पुस ११ कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रजिष्ट्रारमा प्राध्यापक डाक्टर पेशल दाहाललाई नियुक्त गरेका थिए । तोडफोडका क्रममा बास्कोटाको कार्यकक्षको कुर्सी टेबल भाँचिएको छ ।

नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलले अयोग्य व्यक्तिलाई रजिष्ट्रार नियुक्त गरेपछि बाध्य भएर विरोध गर्नु परेको बताए ।

अन्य

भिडियो