नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष सितगङ्गा नपा–१० का २४ वर्षीय ऐनबहादुर विकलाई प्रहरीले पुस १५ गते सन्धिखर्क बजारबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
विकलाई सरकारी कार्यालयमा चन्दा उठाउदै हिडेको आरोपमा गिरफ्तार गरिएको र आरोपित उपर चन्दा आतङ्क मुद्दा दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकास बिष्टले बताउनु भयो ।