कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्तीले कर्णाली प्रदेशमा रहेका छाउपडी र बहुपत्नी प्रथा जस्ता सामाजिक कुप्रथाहरू अन्त्य गर्ने कानुन निर्माण गरिने बताउनु भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पुस ११ गते वीरेन्द्रनगरमा आयोजना गरेको नागरिक तथा राजनीतिक र आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै उपसभामुख घर्तीले सो कुरा बताउनु भएको हो ।
प्रदेश सरकारले कानुन निर्माण गर्दा संघीय सरकारले बनाउने कानुनहरूलाई पनि अध्ययन गर्नुपर्ने हुँदा दुविधा भएको चर्चा गर्दै उपसभामुख घर्तीले कर्णाली प्रदेशमा रहेका सामाजिक कुप्रथाहरू पुर्ण रूपमा अन्त्य गरिने तथा नागरिक तथा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित हुने कानुन निर्माणमा प्रदेशसभा प्रतिबद्ध रहेको बताउनुभयो ।
कर्णाली प्रदेश सभाका अर्थ तथा प्राकृतिक श्रोत समितिका अध्यक्ष अम्मरबहादुर थापाले नेपालको संविधानद्धारा प्रदत्त सबै अधिकारहरू सुनिश्चित हुने कानुन निर्माण प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनु भयो ।
कर्णाली प्रदेश सभाका सदस्य दानसिं परियारले मानव अधिकारकर्मीहरूले कर्णाली प्रदेशमा रहेका शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार जस्ता विषयलाई अझ गम्भिर भएर उठान गर्नुपर्ने सुझाव दिनुभयो ।
कर्णाली प्रदेश सभाका सदस्य कौशिलावती खत्रीले सशस्त्र द्घन्द्घले छिन्नभिन्न भएका कर्णालीबासीको पीडा सामना गर्ने गरी कानुन निमार्ण गरिने बताउनु भयो ।
सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण खड्काले राज्य र नागरिक समाजबीचको समन्वय तथा सहकार्यले मात्रै मानव अधिकारको संरक्षण तथा संवर्द्धन गर्न सकिने उल्लेख गर्नु भयो ।
कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालय, बहस तथा पैरवी विभागका प्रमुख सम्झा श्रेष्ठले नागरिक तथा राजनीतिक अधिकार र आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार तथा इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतका संयोजक नारायण सुवेदीले कर्णाली प्रदेश ती अधिकारहरूको कर्णाली प्रदेशको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतका संयोजक नारायण सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक संघसंस्थाका प्रतिनिधि, कानुन व्यवसायी, अधिकारर्मी र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७