जिल्ला कारागार जुम्लामा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य उपचारमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । जिल्ला कारागार कार्यालयमा स्वास्थ्यकर्मी अहेबको दरबन्दी भएपनि अहिले रिक्त भएकोले उपचारमा समस्या भएको हो ।
कारागारमा कार्यरत् अहेब शुक्रराज शाही तीन महिना अघि हिमा गाउँपालिकामा सरूवा भइ गएपछि पदपुर्ति नहुँदा कारागारमा कैदीबन्दीको नियमित स्वास्थ्य उपचार तथा परीक्षणमा समस्या भएको कारागार प्रमुख गयाप्रसाद पाण्डेले बताउनुभयो ।
‘स्वास्थकर्मी नभएको समयमा कैदीबन्दी बिरामी भएपछि जुनसुकै बेला पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा लिने गरेका छौँ’– उहाँले भन्नुभयो ।
हिउँदको समयमा चिसोले रुघाखोकीको समस्या, हातगोडा दुख्ने, ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या कैदीबन्दीमा देखिने गरेको बताउँदै जेलर पाण्डेले भन्नुभयो–‘नयाँ स्वास्थ्यकर्मी नआउँदा उपचारमा समस्या भएको छ । स्वास्थ्यकर्मी पदपूर्तिका लागि कारागार विभागमा माग गरेका छौँ तर अहिलेसम्म आउनुभएको छैन, कैदीबन्दीलाई अस्पताल लाँदा ल्याउँदा खर्च बढेको छ’–उहाँले भन्नुभयो ।
नियमित पानी र बत्तीको समेत समस्या
कारागारमा नियमित पानी र बिजुली नआउँदा समस्या हुने गरेको कैदी खाम्मा रावतले गुनासो गर्नुभयो । धारा एउटै भएपछि पानीको लागि कैदीबन्दीको लाईन लाग्ने गरेको र कहिले सोही कारण झगडा समेत हुने गरेको रावतले बताउनुभयो ।
कारागारको क्षमता ८० जना महिला र १ सय २० जना पुरुष गरी दुइ सय जनाको रहेको कारागारमा अहिले दुई जना महिला सहित ६६ जना कैदी र २३ जना थुनुवा रहेकोमा लोडसेडिङ बढी हुने भएकोले कारागारमा समेत नियमित बिजुली नहुँदा प्रशासनमा सुरक्षा चुनौती पनि बढेको कारागार प्रमुख पाण्डेको भनाई छ ।
यस विषयमा खलंगा साना जलविद्युत उपभोक्ता समितिलाई माग गरेको भएपनि सुनुवाइ नभएको कारागार प्रमुख पाण्डेले बताउनुभयो ।
खलंगा साना जलविद्युत उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले कारागारबाट नियमित बिजुली उपलब्ध गराउने कुरा आएको भएपनि बिजुलीको क्षमता कम र खपत बढी भएकोले उपलब्ध गराउन नसकिएको बताउनुभयो ।
मधेस प्रदेशको मानव अधिकार अवस्था बारे प्रदेश प्रमुखसँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम नेतृत्वको