INSEC Online

📅 २०८३ जेष्ठ २१

वडाध्यक्षमाथि मोसो दलेर दुर्व्यवहार

चौरजहारी नपा–३ का वडाध्यक्ष ४६ वर्षीय लालबहादुर बुढाथोकीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले पुस ११ गते राति मोसो दलेर दुर्व्यवहार गरेको पीडित पक्षले जानकारी दिएको छ ।
पाँचजनाको समुहमा आएका प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले आफुलाई चौरहजहारी नपा–३ खौचनेमा मोसो दलेर दुव्र्यवहार गरेपछि प्रतिकार गर्दा आरोपितहरू भागेको वडाध्यक्ष बुढाथोकीले बताउनुभयो ।
भ्रष्टाचार तथा जातीय भेदभाव गरेको भन्दै वडाध्यक्षलाई सांकेतिक कारवाही गरिएको प्रतिबन्धित नेकपाको भ्रातृ संगठन (युवा संगठन नेपाल) ले पुस १२ गते प्रेस विज्ञप्ति मार्फत् जनाएको छ ।
संगठनका जिल्ला अध्यक्ष लय सहानीले जारी गरेको विज्ञप्तिमा वडाध्यक्ष बुढाथोकीले विभिन्न योजना तथा आयोजनामा अनियमितता गरेको आरोप उल्लेख गरिएको छ ।
घटनामा संलग्न रहेको आशंकामा पुस १२ गते आठबीसकोट नगरपालिकाबाट एकजना युवकलाई गिरफ्तार गरिएको र घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

अन्य

भिडियो