INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई पुस ८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पुस ६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध पुस ८ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरेको डिएसपी धर्मराज भण्डारीले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण इटहरी सामुदायिक अस्पतालमा पुस ७ गते गरिएको छ ।

अन्य

भिडियो