INSEC Online

📅 २०८३ जेष्ठ २१

हुरीले छानो उडाउदा पढाइ प्रभावित

विगत एक हप्ता यतादेखि भएको मौसम परिवर्तनसँगै चलेको हावाहुरीले छाना उडाउँदा पुचौँडी नगरपालिका–६ मा रहेको महादेव मावि त्रिकालीको पढाइ प्रभावित बनेको छ ।

मङ्सिर २३ गते वर्षासँगै चलेको हावाहुरीले सो विद्यालयको छाना उठाउँदा मङ्सिर २७ गतेसम्म पठनपाठन बन्द भएको प्रधानाध्यापक बल्देव साउदले बताउनुभयो ।

चार दिन विद्यालय बन्द भएपछि मङ्सिर २९ गतेदेखि विद्यार्थीलाई बाहिर खुल्लाचौरमा राखेर पठनपाठन गराउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक साउदले बताउनुभयो । हावाहुरी र वर्षाले विद्यालयको ६ कोठा रहेको दुई तले भवनको छाना उडाएको उहाँको भनाइ छ ।

विद्यालयको छाना उडाउँदा भवनभित्र रहेका कम्प्युटरमा पनि क्षति पुगेको प्रधानाध्यापक साउदको भनाइ छ ।

विद्यालयसँग आर्थिक अभाव हुँदा छाना पुनर्निर्माणको लागि पनि विद्यालयले नगरपालिकासँग अनुरोध गरेको छ । विद्यालयको छाना मर्मतका बारेमा छलफल भइरहेको नगरप्रमुख रणबहादुर कुँवरले बताउनुभयो ।

अन्य

भिडियो