INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका–६ होम्ताङका ३८ वर्षीय वडा सदस्य बालकुमार राईलाई पुस ६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले पुस ३ गते बलत्कार गरेको भनि पीडत पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालय भोजपुुरमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामी मगरले बताउनु भयो । महिलाको स्वास्थ्य परीक्षण पुस ४ गते जिल्ला अस्पताल भोजपुरमा गरिएको छ ।

अन्य

भिडियो