INSEC Online

📅 २०८३ जेष्ठ २१

पाँच महिनादेखि आमा सुरक्षा कोषको रकम आएन

जिल्ला अस्पतालमा पाँच महिनादेखि आमा सुरक्षा कोषको रकम आएको छैन । आमा सुरक्षा कोष अन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरूलाई सरकारले दिने यातायात खर्च बापतको रकम आर्थिक वर्ष ०७६/७७ को पाँच महिना बितिसक्दा पनि नआएको हो ।

दैनिक जसो सरदर पाँचदेखि सात जना गर्भवती महिलाहरु सुत्केरी हुन आए पनि उनिहरुलाई यातायात खर्च बापतको रकम दिन नसकेको अस्पतालका प्रशासन शाखाका विनोद यादवले बताउनु भयो ।

४, ६, ८ र ९ महिनामा नियमित चार पटक स्वास्थ्य परीक्षण गराई सुत्केरी हुने महिलाहरूलाई १ हजार ८ सय रुपियाँ र सुत्केरी मात्र हुन आउने महिलाहरूलाई सरकारले दिँदै आएको १ हजार रकम अहिलेसम्म पनि अस्पतालमा नआउँदापछि आउनु होला नत्र फोन गरेर मात्र आउनु होला भनेर पठाउने गरेको यादवले बताउनु भयो ।

अस्पतालले पटकपटक स्वास्थ्य सेवा विभाग, सामाजिक विकास मन्त्रालयमा ताकेता गर्दा पनि रकम निकाशा नहँुदा सेवाग्राहीले समयमा रकम नपाएको उहाँले बताउनु भयो ।

गत आर्थिक वर्ष ०७५/७६ मा ८१ जना सुत्केरी महिलाहरुले यातायात वापतको रकम पाएका छैनन् भने यस आर्थिक वर्षको ५ महिनामा १ सय ६४ जनाले यातायात बापतको रकम नपाएको प्रशासन शाखाका यादवले जानकारी दिनु भयो ।

अन्य

भिडियो