घोडाघोडी नपा—१ सुखडस्थित राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक रामछविला चौधरीलाई आर्थिक अनियमितता गरेको आरोपमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले मङ्सिर २९ गते मोसो दलेर दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।
प्रधानाध्यापक चौधरीले विद्यालयको पर्खाल निमार्णका क्रममा आर्थिक अनियमितता गरेको र शिक्षकहरूलाई नियमित रूपमा तलब नदिएको भन्दै उहाँकै कार्य कक्षमा गएर प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले मोसो दलेको इलाका प्रहरी कार्यालय, सुखडका इन्स्पेक्टर यक्षराज जोशीले बताउनुभयो ।
पीडितबाट कुनै उजुरी नआएको भए पनि घटनाको अनुसन्धान तथा आरोपितको खोजी कार्य जारी राखिएको इन्स्पेक्टर जोशीले बताउनुभयो ।