INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्मचारी र भवन अभावमा एउटै कार्यालयबाट पाँच वडाको काम, सेवाग्राही मार्कामा

माहाकाली नगरपालिकामा वडा सचिवको अभावमा एउटै कार्यालयबाट पाँच वडाको काम गर्दा सेवाग्राहीलाई सेवा लिन समस्या भएको छ ।

१० ओटा वडा रहेको माहाकाली नगरपालिकामा दरबन्दी अनुसार वडा सचिवको पदपूर्ति नभएपछि १, २, ३, ४ र ५ नम्बर वडाकोे काम एउटै कार्यालयबाट गर्नु परेको हो ।

साविकको चाँदनी गाविसको भवनमा संयुक्त रूपमा रहेको १, २, ३, ४ र ५ को वडा कार्यालयमा अहिले दुई जना मात्रै वडा सचिव रहेका छन् ।

माहाकाली नगरपालिका–१ का भरत सुनारले आफ्नो वडा कार्यालयबाट पाउनुपर्ने सेवा सुविधाका लागि अर्कोे वडा धाउनु परेको दुखेसो सुनाउनुभयो ।

नगरपालिकाका सम्बन्धित वडामा वडा कार्यालय नभएका कारण अर्काका वडामा गएर सेवा लिन बाध्य भएको र सेवा लिन समस्या भोग्नु परेको माहाकाली नगरपालिका–की कविता बिकले बताउनु भयो ।

नगरपालिकामा दरबन्दी अनुसार वडा सचिव नभएकाले एउटा सचिवले तीन ओटा वडाको काम हेर्नु परेको वडा सचिव पूर्णबहादुर पुनमगरले बताउनु भयो ।

सेवाग्राहीलाई दिइने सेवा प्रवाह सुधार गर्नका लागि नगरपालिकाले पहल नगर्दा आफूहरूलाई समस्या भएको उनीहरूको गुनासो छ ।

माहाकाली नगरपालिकाका प्रमुख बीरबहादुर सुनारले वडा सचिव अभावले सेवा प्रवाहमा समस्या भएको बताउनुभयो । नगर प्रमुख सुनारले कर्मचारी पठाउन सम्बन्धित निकायलाइ आग्रह गरिएको बताउनु भयो ।

अन्य

भिडियो