२४ वर्षीया दृष्टिविहीन युवतीलाई बलात्कार गरेको आरोपमा गिरफ्तार भएका किस्पाङ गाउँपालिका–३ साल्मेका ३७ वर्षीय हरिबहादुर तामाङलाई जिल्ला अदालतले दोषी ठहर गर्दै १० वर्ष कैदको फैसला गरेको छ ।
न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासले तामाङको कसुर कायम गरी मङ्सिर २५ गते १० वर्ष कैद सजाय र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका श्रेस्तेदार शिवप्रसाद बन्जाराले जानकारी दिनुभयो ।
दृष्टिविहीन युवतीलाई तामाङले ०७५ चैत ९ गते घरमा कोही नभएको बेलामा शौचालय जाने क्रममा बलात्कार गरेको आरोपमा उनलाई चैत ११ गते गिरफ्तार गरी अनुसन्धान थालिएको थियो । पीडित युवतीको स्वास्थ्य परीक्षण ०७५ चैत ११ गते त्रिशूली जिल्ला अस्पतालमा गरिएको थियो ।