INSEC Online

📅 २०८३ जेष्ठ २१

कोठाभित्रै आमाछोरीको शव फेला, घटनाको अनुसन्धान जारी

वीरगंज मनपा–१२ नयाँ टोलमा मङ्सिर २३ गते साँझ कोठाभित्रै मृत अवस्थामा आमाछोरीको शव फेला परेको छ ।

नयाँ टोल निवासी मोहन झाको घरमा डेरामा बस्दै आएका आमाछोरीको शव मङ्सिर साँझ सडेको अवस्थामा फेला परेको थियो । घरमा धेरै दुर्गन्ध फैलिएपछि घरबेटी झाले प्रहरीलाई खबर गर्नु भएको थियो ।

खबर पाउना साथ वडा प्रहरी कार्यालय श्रीपुरका इन्स्पेक्टर चक्रबहादुर मल्लको टोलीले ढोकाको ताला फुटाएर हेर्दा २२ वर्षीया र दुई वर्षीया बालिका (आमाछोरी)को शव सडेको अवस्थामा फेला परेको थियो । प्रहरीले मुचुल्का उठाएर पोष्टमार्टमका लागि शव नारायणी अस्पतालमा पठाएको छ ।

पेन्टिङको काम गर्ने बाराको कलैया उमनपा–२६ सिसुवा महेशपुरका पवन साहकी पत्नी र छोरीको हत्या कसले र किन गर्‍यो वा के कारणले मृत्यु भयो एकिन भने हुन नसकेको डिएसपी विरेन्द्र शाहीले जानकारी दिनुभयो ।

पवन साह फरार रहेकाले खोजीका साथै समग्र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी शाहीले बताउनुभयो ।

अन्य

भिडियो