INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको अगुवाइमा भ्रष्टाचार विरूद्धको दिवसमा हस्ताक्षर अभियान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अगुवाइमा विभिन्न गैरसरकारी सङ्घसंस्थाहरूको सहकार्यमा भ्रष्टचार विरूद्धको दिवसको अवसमा भूमिकास्थानमा मङ्सिर २३ गते हस्ताक्षर सङ्कलन अभियान सम्पन्न भएको छ ।

भ्रष्टाचार विरूद्धको सहकार्य, सुशासनको लागि अपरिहार्य भन्ने मुल नारा सहितको व्यानरमा म भ्रस्टचार गर्दिनँ, सहन्न र दिन्न भन्ने शब्दावली उल्लेख गरिएको व्यानरमा नगरपालिकाका कर्मचारीहरू, वडा अध्यक्ष, नगर कार्यपालिका सदस्यहरूले हस्ताक्षर गरी प्रतिबद्धता व्यक्त गरेका छन् ।

भ्रष्टाचार विरूद्धको हस्ताक्षर सङ्कलन अभियानमा हस्ताक्षर गर्दै भूमिकास्थान नगरपालिका प्रमुख रेशम थापाले, भ्रष्टचार विरूद्धको दिवसको अवसरमा कार्यक्रम सञ्चालन गरी स्थानीय सरकालाई नैतिक दबाब दिएको बताउनु भयो ।

उहाँले भ्रष्टाचार गर्दिनँ भन्ने कुरा हस्ताक्षर गरेर गएपछि सबैले व्यवहारमा कार्यान्वयन गर्न सके मात्रै भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने बताउनु भयो । साथै भूमिकास्थान नगरपालिका भ्रष्टाचार नियन्त्रणका लागि प्रतिबद्ध रहेको बताउनु भयो ।

photo20191210arghakhanchi (1)

photo20191210arghakhanchi (2)

photo20191210arghakhanchi (3)

अन्य

भिडियो