INSEC Online

📅 २०८३ जेष्ठ २१

अखिल क्रान्तिकारीकी अध्यक्ष क्याम्पस परिसरबाटै गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा तनहुँ जिल्ला सदस्य एवम् अखिल क्रान्तिकारीकी जिल्ला अध्यक्ष व्यास नपा–२ निवासी २८ वर्षीया ममता रुचाललाई मङ्सिर २३ गते प्रहरीले गिरफ्तार गरेको छ ।

नेपालको भूभाग कालापानी र लिपुलेकलाई भारतले आफ्नो नक्सामा राखेको घटनाको विरूद्धमा अखिल क्रान्तिकारीले दमौलीको आदिकवि भानुभक्त क्याम्पसबाट निकालेको विरोध जुलुसको नेतृत्व गरेकी रुचाललाई प्रहरीले क्याम्पस गेटबाटै गिरफ्तार गरेको थियो ।

विद्यार्थीहरू नेपालको झण्डा बोकी विरोध जुलुस निकाल्ने तयारीमा थिए तर रुचालको गिरफ्तारीपछि जुलुस स्थगित गरिएको थियो ।

रुचाललाई अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यलयका डिएसपी लिलाराज लामिछानेले बताउनुभयो ।

अन्य

भिडियो