१७ वर्षीया बालिकालाई मङ्सिर २२ गते बलात्कार गरेको आरोपमा मोहन्याल गाउँपालिका–१ चोयाभावरका २० वर्षीय टेकबहादुर बिकलाई मङ्सिर २२ गते साँझ प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित बालिकाका आफन्तले घटना भएलगत्तै प्रहरीलाई जानकारी दिएपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, सुखडका इन्स्पेक्टर यक्षराज जोशीले बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २३ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको इन्स्पेक्टर जोशीले बताउनुभयो ।