नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको भातृ सङ्गठन बागलुङ जिल्ला युवा सङ्घका सचिव रमेश अविरल भन्ने २१ वर्षीय सहल सुनारलाई जिल्ला प्रहरी कार्यालय बागलुङले मङ्सिर १८ गते गिरफ्तार गरेको छ ।
बागलुङको गलकोट नगरपालिका–४ भयरखर्कका सुनारलाई प्रहरीले उहाँकै घरबाट गिरफ्तार गरेको हो ।
सुनारसँगै प्रतिबन्धित नेकपाको प्रचारप्रसारको लागि तयार पारिएका पर्चा र पम्पलेट फेला परेको प्रहरीले जनाएको छ ।
सुनारलाई राज्यविरूद्धको मुद्दा दर्ता गर्ने तयारी गरिएकोे जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नवराज भट्टले जानकारी दिनुभयो ।