INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपा सम्बद्ध युवा सङ्घका सचिव गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको भातृ सङ्गठन बागलुङ जिल्ला युवा सङ्घका सचिव रमेश अविरल भन्ने २१ वर्षीय सहल सुनारलाई जिल्ला प्रहरी कार्यालय बागलुङले मङ्सिर १८ गते गिरफ्तार गरेको छ ।

बागलुङको गलकोट नगरपालिका–४ भयरखर्कका सुनारलाई प्रहरीले उहाँकै घरबाट गिरफ्तार गरेको हो ।

सुनारसँगै प्रतिबन्धित नेकपाको प्रचारप्रसारको लागि तयार पारिएका पर्चा र पम्पलेट फेला परेको प्रहरीले जनाएको छ ।

सुनारलाई राज्यविरूद्धको मुद्दा दर्ता गर्ने तयारी गरिएकोे  जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नवराज भट्टले जानकारी दिनुभयो ।

अन्य

भिडियो