INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित बालक गिरफ्तार, बालक ठूला बन्दीहरूसँग

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहारगरेको आरोपमा १४ वर्षीय बालकविरूद्ध मङ्सिर १७ गते पीडितका बुबाले इलाका प्रहरी कार्यालय कडरबोनामा सोही दिन उजुरी दिनुभएको छ ।

पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेपछि पीडित बालिकाले होहल्ला गरेपछि आरोपित भागेको पीडित पक्षको आरोप छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्सिर १७ गते गरिएको छ ।

बालबालिकासम्बन्धी ऐन २०७५ को दफा २२ को (२) अनुसार बालमैत्री वातावरणमा राखी अनुसन्धान गर्नु पर्ने भएपनि सो बमोजिमको निगरानी कक्ष वा अलग्गै कक्ष जिल्लामा नहुँदा आरोपित बालकलाई इलाका प्रहरी कार्यालय कडरबोनाको हिरासतमा ठूला बन्दीहरूसँगै राखिएको छ ।

यसैगरी बालबालिकासम्बन्धी ऐन २०७५ को दफा २१ को (५) र दफा २२ को (३) बमोजिम नियन्त्रणमा लिइएका बालबालिकालाई बाल मनोविज्ञ वा बाल हितसम्बन्धी काम गर्ने व्यक्तिसँग सम्पर्क गराई आवश्यक परामर्श सेवा तथा मनोसामाजिक सहयोग उपलब्ध गराउनु पर्ने उल्लेख भएपनि सो सेवा पाएका छैनन् ।

अन्य

भिडियो