१६ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका–३ घर भएका हाल धादिङ जिल्ला गल्छी गाउँपालिका–६ निवासी २१ वर्षीय नारायणप्रसाद दहाललाई मङ्सिर १७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रुपक खड्काले जानाकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १७ गते जिल्ला अस्पतालमा गरिएको छ ।