INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कल्याणपुर नपा–३ का २५ वर्षीय धर्मेन्द्रकुमार मण्डललाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर ८ गते बलात्कार गरेको आरोपमा उनीविरूद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा पीडित परिवारले मङ्सिर ९ गते उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा मङ्सिर ९ गते गरिएको थियो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालका अनुसार आरोपित बलात्कार गरी फरार रहेका थिए ।

विशेष सूचनाको आधारमा आरोपित विदेश जानको लागि काठमाडौँ अन्तराष्ट्रिय विमानस्थलमा पुगेको बेला त्यहिँबाट गिरफ्तार गरी जिल्ला ल्याउने तयारी भरहेको डिएसपी खनालले बताउनु भयो ।

अन्य

भिडियो