२६ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चौतारा सागाचोकगढी नपा–१३ घर भई सोही ठाउँको एक कार्यालयमा कार्यरत ४२ वर्षीय हरि ढुङ्गेललाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई कार्यस्थलमा यौन दुर्व्यवहार गरेको आरोपमा पीडित महिलाले आरोपितविरूद्ध मङ्सिर १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
पीडित महिलाको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताउनुभयो ।
पीडित महिलालाई आरोपितले मङ्सिर १० गते यौन दुर्व्यवहार गरेको पीडितको आरोप छ । पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर १३ गते जिल्ला अस्पतालमा गरिएको छ ।