पोखरा महानगरपालिका–३३ लामगादी बस्ने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्र्टी कास्की जिल्लाका पूर्व सदस्य ६७ वर्षीय मेघनाथ आचार्यलाई घरैबाट प्रहरीले मङ्सिर १३ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी राजकुमार केसीले निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै अनुसन्धानका लागी आचार्यलाई गिरफ्तार गरिएको बताउनुभयो ।
डिएसपी केसीका अनुसार आचार्यलाई इलाका प्रहरी कार्यलय डाँडाको नाक शिशुवामा राखिएको छ ।