पोखरा महानगरपालिका–९ स्थित प्रदर्शनी केन्द्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चुनावी सभा भइरहेको समयमा बम विष्फोट हुँदा पाँच जना घाइते भएका छन् ।
मङ्सिर ११ गते दिउँसो १२ः४५ बजेको समयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू सहभागी चुनावी सभास्थल नजिकै बम विष्फोट भएको थियो ।
विष्फोटमा परी पोखरा महानगरपालिका–१५ गलेश्वरकी ५५ वर्षीया धनमाया सुनार, ४५ वर्षीया रमिला सार्की, ५५ वर्षीया जानकी पोख्रेल, ५७ वर्षीया पुर्णमाया बिक र पोखरा महानगरपालिका–१० की ५४ वर्षीया कृष्ण गुरुङ अधिकारी घाइते भएका हुन् ।
घाइतेहरूको उपचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेपश्चात घर फर्किएका छन् । यस्तै विष्फोटबाट घटनास्थल नजिकै रहेको ग १ ख ६७९४ नम्बरको बसमा क्षति पुगेको छ ।
घटना लगत्तै कास्की सुरक्षा व्यवस्थालाई थप कडा पारी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलयका डिएसपी राजकुमार केसीले जानकारी दिनुभयो ।