१५ वर्षीया बालिकालाई बेचबिखन गरेको आरोपमा सुनवल नपा–१२ मा हरकट्टाका १८ वर्षीय विनय परियारविरूद्ध पीडित पक्षले मङ्सिर ९ गते उजुरी दर्ता गराएको छ ।
पीडित बालिकालाई आरोपित परियारले मङ्सिर ८ गते भारततर्फ लगेको भन्दै पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय बर्दघाटमा उजुरी दिनु भएको थियो ।
पीडितको अवस्था समेत अज्ञात रहेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर हिमबहादुर केसीले बताउनु भयो ।
विद्यार्थीमा अनौठो समस्या देखिएपछि तीन दिन विद्यालय बन्द
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि