बागलुङ नगरपालिका–७ को कालिमाटीमा सडक निर्माणका लागि राखिएको रोडलोडरमा मङ्सिर ९ गते राति अज्ञात पक्षले आगजनी गरेको छ ।
बागलुङ–कालिमाटी सडकखण्ड पिचको जिम्मेवारी लिएको फेवा कन्स्ट्रक्सनले पहाडी कन्स्ट्रक्सनसँग भाडामा लिएको ग १ क ३०८७ नम्बरको रोडलोडर मेशिनमा रातको ११ बजे तिर आगजनी भएको थियो ।
आगजनीबाट मेशिनको क्याबिन पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय बागलुङका एसपी नवराज भट्टले जानकारी दिनुभयो ।
सडक निर्माणका लागि राखिएको मेशिनमा कसले के कारणले आगो लगायो भनेर अनुसन्धान भइरहेको भट्टले बताउनुभयो ।