बेलौरी नगरपालिका–६ खैरानाकी ३१ वर्षीया सरस्वती ऐरीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा आरोपमा प्रहरीले ३५ वर्षीय पति मोहनसिंह ऐरीलाई मङ्सिर १० गते गिरफ्तार गरेको छ ।
मृतक सरस्वतीका बुबा शेरसिंह बोहराले मङ्सिर ९ गते आरोपितविरूद्ध दुरूत्साहन सम्बन्धीको मुद्दामा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बेलौरीका इन्स्पेक्टर रणबहादुर चन्दले बताउनुभयो ।
शवको पोष्टमार्टम मङ्सिर ९ गते प्रदेशिक अस्पताल, धनगढीमा पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।
विष सेवन गरेका कारण उपचारका क्रममा प्रदेशिक अस्पताल, धनगढी लगिएकी सरस्वतीको मृत्यु मङ्सिर ९ गते भएको थियो ।