INSEC Online

📅 २०८३ श्रावण ७

क्यापस प्रमुखमाथि कुटपिट, आरोपित दुई गिरफ्तार

काठमाडौ महनगरपालिका–२८ घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसका प्रमुख भक्तपुर जिल्ला ठिमी नगरपालिका–२ का ६३ वर्षीय प्रदीपबहादुर न्यौपानेलाई अनेरास्ववियुका कार्यकर्ताले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

न्यौपानेलाई कुटपिट गरेको आरोपमा प्रहरीले बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–८ स्थायी घर भएका २६ वर्षीय गोविन्द थपलिया र दैलेख जिल्लाको ठाँटिकाँध गाउँपालिका–२ का २३ वर्षीय मनराज थापालाई मङ्सिर ९ गते गिरफ्तार गरेको छ ।

मङ्सिर ९ गते  बिहान क्याम्पसभित्र प्रवेश गर्ने बित्तिकै आरोपितद्वयले न्यौपानेलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका डिएसपी होविन्द्र बोगटीका अनुसार सत्तारूढ नेकपाको भातृ सङ्गठन अनेरास्ववियूका कार्यकर्ता दुवैलाई गिरफ्तार गरी अनुसन्धान थालिएको छ ।

डिएसपी बोगटीले दुवै जनालाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गको हिरासतमा राखेर अनुसन्धान भइरहेको बताउनुभयो ।

कलेजको विज्ञान सङ्कायको शुल्क बढाएपछि नेविसङ्घ, अनेरास्ववियूलगायतका विद्यार्थी सङ्गठन आन्दोलित हुँदै आएका छन् ।

प्रहरीका अनुसार न्यौपानेको उपचार राष्ट्रिय ट्रमा सेन्टरमा गराएपछि मङ्सिर ९ गते नै डिस्चार्ज हुनुभएको छ । पीडितको हात, ढाड र गोडामा चोट लागेको जनाइएको छ ।

अन्य

भिडियो