नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता थलारा गाउँपालिका–२ का १९ वर्षीय सन्दीप खड्का र सोही ठाउँका २७ वर्षीय भुपेन्द्र खड्कालाई मङ्सिर ७ गते प्रहरीले गिरफ्तार गरेको छ ।
केदारस्युँ गाउँपालिका–१ देउरा बजार पार्टीको पम्प्लेट टाँसिरहेको अवस्थामा रायल प्रहरी चौकीबाट खटी गएको प्रहरी टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, बझाङका इन्स्पेक्टर इश्वरीदत्त पाण्डेले बताउनुभयो ।
गिरफ्तारीमा परेको दुवै जनालाई राज्यविरूद्धको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको इन्स्पेक्टर पाण्डेले बताउनुभयो ।