INSEC Online

📅 २०८३ जेष्ठ २१

वडाध्यक्षको गाडीमा बम विष्फोट

पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिव आचार्यको गाडीमा मङ्सिर ९ गते अज्ञात पक्षलले बम विष्फोट गराएको छ ।

पोखरा मनपा–१७ बिरौटास्थित आफ्नै घरमा पार्किङमा रहेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा बिहानको राति करिब २ः४५ बजेतिर विस्फोट भएको वडाध्यक्ष आचार्यले बताउनुभयो । विस्फोटले गाडीको अगाडिको भागमा क्षति पुगेको छ ।

कास्की क्षेत्र नं २ भित्र पर्ने यो वडामा उपनिर्वाचन हुँदैछ । जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो  ।

photo20191125kaski

अन्य

भिडियो