भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले अस्पतालमा नयाँ कार्यकारी निर्देशक र मेडिकल डाइरेक्टर नियुक्त गर्दै मङ्सिर ८ गते अस्पतालमा पदबहाली गर्न पठाएपछि त्यहाँ पदबहाली गर्न नदिँदा भक्तपुर क्यान्सर अस्पताल तनावग्रस्त बनेको छ ।
नयाँ कार्यकारी निर्देशक र मेडिकल डाइरेक्टरलाई पदबाहाली गर्न नदिँदा भएको विवाद झडपमा परिणत हुँदा उपचारमा आएका बिरामी र बिरामी कुरुवाहरूमा समेत भागदौड चलेको छ ।
बिहानैदेखि उपचारका लागि आएका बिरामीले घण्टौँ बस्दा पनि उपचार पाएनन् भने कतिपय बिरामी र आफन्तहरू झडपको चपेटामा समेत परेका छन् ।
अस्पतालका सबै कर्मचारी विरोधमा उत्रिँदा उपचारमा आएका बिरामीले ओपिडी सेवामा उपचार समेत पाएनन् ।
अस्पतालको पुरानो व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ ‘ईश्वर’ नेतृत्वको व्यवस्थापन समितिको बोर्ड बैठकले प्रमुख कार्यकारी निर्देशकमा रुपेश शिलाकार र मेडिकल डाइरेक्टरमा डा.दिपेश धिताल, डेपुटी मेडिकल डाइरेक्टरमा डा. अजय झा, डा. उत्सवमान श्रेष्ठलार्ई नियुक्त गरे लगत्तै आज पदबहाली गर्न आएपछि कर्मचारी विरोधमा उत्रिएका हुन् ।
तोडफोडको अवस्था विकराल बनेपछि अस्पतलाका पुरानो व्यवस्थापन समितिका कोषाध्यक्ष केपी ताम्राकार, महासचिव विमल होडा, सचिव महेश श्रेष्ठ, नयाँ कार्यकारी निर्देशक शिलाकार, नयाँ मेडिकल डाइरेक्टर डा. धिताल लगायतलाई अस्पतालको कार्यक्रम हलमा नै दुई घण्टासम्म थुनिएको थियो ।
स्थानीय बासिन्दा समेतले अस्पताललाई घेराबन्दीमा राखेर अस्पताल प्राङ्गणमा र कर्मचारीले अस्पताल प्रशासनमा नाराबाजी गरेपछि अवस्था चिन्ताजनक हुन थालेपछि न्यून सङ्ख्यामा आएका प्रहरीले उनीहरूलाई बाहिर निकालेका थिए ।
अस्पतालमा स्थिति असामान्य बन्दै झडप भएपछि पदबाहाली नगरी बन्द कोठामा रहेकाहरूलाई प्रहरीले बाहिर निकालेर सुरक्षित स्थानतर्फ लैजाने क्रममा अस्पताल प्राङ्गणमै उनीहरू माथि आक्रमण भएको थियो ।
आक्रमणसँगै अस्पतालबाट पुरानो व्यबस्थापनका पदाधिकारी र नयाँ नियुक्ती पाएकाहरूलाई व्यासीसम्म लखेटेर शिलाकार र होडामाथि आक्रमण गरिएको थियो ।
स्थानीयले होडाको हातबाट माइन्युट समेत खोसेर च्यातेका छन् भने हातपात समेत गरेका छन् । झडपको क्रममा नवनियुक्त कार्यकारी निर्देशक शिलाकारको बा.१२ च. ४८६ नम्बरको कार तोडफोड गरिएको छ ।
अस्पतालमा बिकराल अवस्था आएर झडप भई भागदौड मच्चिँदा समेत अस्पतालबाट २ सय मिटर पर रहेको महानगरीय प्रहरी परिसरबाट पर्याप्त प्रहरी र सुरक्षाको व्यवस्था नहुँदा अवस्था विकराल बनेको थियो ।
प्रहरीले सुरक्षा दिन असक्षम रहेको र प्रहरीलाई पटकपटक घटनाबारे जानकारी गराउँदा पनि १० जना प्रहरी पठाएर सुरक्षा कमजोर बनाएको होडाले बताउनुभयो ।
अस्पताल कर्मचारी कल्याणकारी समितिका संयोजक शिवराम धुख्वाले भन्नुभयो–‘पुरानो व्यवस्थापन समितिले चरम भ्रष्टाचार गरेपछि अस्पताल जोगाउन कर्मचारी एक भएका हौँ । भ्रष्टाचारको छानविन गरी सत्यतथ्य बाहिर नल्याई नयाँ कार्यकारी निर्देशक र मेडिकल डाइरेक्टर नियुक्ती गर्ने नाटक गरेपछि विरोध गर्नु परेको हो । भ्रटाचारको छानविन नभएसम्म पूर्व व्यवस्थापन समितिका भ्रष्टाचारको अभियोग लागेका पदाधिकारीहरूलाई अस्पताल प्रवेश निषेध गरेका छौँ ।’
अस्पतालका रेडियोथेरापीका कन्सल्टेण्ट डा. विद्यापति झाले आफू २०५७ सालदेखि अस्पतालमा काम गर्दै आएको बताउँदै पुरानो व्यवस्थापन समितिलाई भ्रष्टाचार नगर्न पटकपटक सचेत गर्दा पनि कर्मचारीलाई बेवास्ता गर्दै करोडौँ भ्रष्टाचार गरेको आरोप लगाउनुभयो ।
![eQmk'/, * dªl;/ -/f;;_ M eQmk'/ SofG;/ c:ktfnsf] k'/fgf] Aoj:yfkg ;ldltn] laleGg kbdf gofF lgo'QmL u/]kl5 cfh eQmk'/ SofG;/ c:ktfndf ePsf] em8kdf tf]8kmf]8 ul/Psf] c:ktfnsf] gofF sfo{sf/L lgb]{zs ?k]z lznfsf/sf] uf8L . tl:j/ M /d]z lu/L, eQmk'/ .](https://inseconline.org/np/wp-content/uploads/2019/11/photo20191124bhaktapur-1.jpg)
![eQmk'/, * dªl;/ -/f;;_ M eQmk'/ SofG;/ c:ktfnsf] k'/fgf] Aoj:yfkg ;ldltn] c:ktfnsf] gofF sfo{sf/L lgb]{zs / d]l8sn 8fO{/]S6/ lgo'Qm ub}{ cfh c:ktfndf kbafxfnL ug{ k7fP kl5 eQmk'/ SofG;/ c:ktfndf la/f]w ub}{ . tl:j/ M /d]z lu/L, /f;;](https://inseconline.org/np/wp-content/uploads/2019/11/photo20191124bhaktapur-2.jpg)
![eQmk'/, * dªl;/ -/f;;_ M eQmk'/ SofG;/ c:ktfnsf] k'/fgf] Aoj:yfkg ;ldltn] c:ktfnsf] gofF sfo{sf/L lgb]{zs / d]l8sn 8fO{/]S6/ lgo'Qm ub}{ cfh c:ktfndf kbafxfnL ug{ k7fP kl5 eQmk'/ SofG;/ c:ktfndf la/f]w ub}{ . tl:j/ M /d]z lu/L, /f;;](https://inseconline.org/np/wp-content/uploads/2019/11/photo20191124bhaktapur-3.jpg)
![eQmk'/, * dªl;/ -/f;;_ M eQmk'/ SofG;/ c:ktfnsf] k'/fgf] Aoj:yfkg ;ldltn] c:ktfnsf] gofF sfo{sf/L lgb]{zs / d]l8sn 8fO{/]S6/ lgo'Qm ub}{ cfh c:ktfndf kbafxfnL ug{ k7fP kl5 eQmk'/ SofG;/ c:ktfndf la/f]w ub}{ . tl:j/ M /d]z lu/L, /f;;](https://inseconline.org/np/wp-content/uploads/2019/11/photo20191124bhaktapur-4.jpg)
![eQmk'/, * dªl;/ -/f;;_ M eQmk'/ SofG;/ c:ktfnsf] k'/fgf] Aoj:yfkg ;ldltn] c:ktfnsf] gofF sfo{sf/L lgb]{zs / d]l8sn 8fO{/]S6/ lgo'Qm ub}{ cfh c:ktfndf kbafxfnL ug{ k7fP kl5 eQmk'/ SofG;/ c:ktfndf la/f]w ub}{ . tl:j/ M /d]z lu/L, /f;;](https://inseconline.org/np/wp-content/uploads/2019/11/photo20191124bhaktapur-5.jpg)
![eQmk'/, * dªl;/ -/f;;_ M eQmk'/ SofG;/ c:ktfnsf] k'/fgf] Aoj:yfkg ;ldltn] c:ktfnsf] gofF sfo{sf/L lgb]{zs / d]l8sn 8fO{/]S6/ lgo'Qm ub}{ cfh c:ktfndf kbafxfnL ug{ k7fP kl5 eQmk'/ SofG;/ c:ktfndf ePsf] em8k kl5 Joa:yfkg ;ldltsf kbflwsf/L nufotnfO{ nv]6b} c:ktfn sd{rf/L / :yfgLoaf;L . tl:j/ M /d]z lu/L, /f;;](https://inseconline.org/np/wp-content/uploads/2019/11/photo20191124bhaktapur-6.jpg)
![eQmk'/, * dªl;/ -/f;;_ M eQmk'/ SofG;/ c:ktfnsf] k'/fgf] Aoj:yfkg ;ldltn] c:ktfnsf] gofF sfo{sf/L lgb]{zs / d]l8sn 8fO{/]S6/ lgo'Qm ub}{ cfh c:ktfndf kbafxfnL ug{ k7fP kl5 eQmk'/ SofG;/ c:ktfndf ePsf] em8k kl5 Joa:yfkg ;ldltsf kbflwsf/L nufotnfO{ nv]6b} c:ktfn sd{rf/L / :yfgLoaf;L . tl:j/ M /d]z lu/L, /f;;](https://inseconline.org/np/wp-content/uploads/2019/11/photo20191124bhaktapur-7.jpg)
![eQmk'/, * dªl;/ -/f;;_ M eQmk'/ SofG;/ c:ktfnsf] k'/fgf] Aoj:yfkg ;ldltn] laleGg kbdf gofF lgo'QmL u/]kl5 cfh eQmk'/ SofG;/ c:ktfndf ePsf] em8kdf tf]8kmf]8 ul/Psf] c:ktfnsf] gofF sfo{sf/L lgb]{zs ?k]z lznfsf/sf] uf8L . tl:j/ M /d]z lu/L, eQmk'/ .](https://inseconline.org/np/wp-content/uploads/2019/11/photo20191124bhaktapur-8.jpg)