शिवपुर गाउँपालिका–५ का मिलन बिकलाई जातीय विभेद गरेको आरोपमा प्रहरीले शिबराज नपा–५ चनौटाका ६९ वर्षीय भिमप्रसाद आचार्यलाई मङ्सिर ५ गते गिरफ्तार गरेको छ ।
आफ्नो घरमा कात्तिक ३० गते घरपैँचो गर्न, सत्यनारायणको पुजा राखेको र पुजा गर्न सुरू गरेपछि दलितको घर भन्ने थाहा पाए लगत्तै अचार्य र अर्का एक पुजारी भागेको मिलनले बिकले बताउनुभएको छ ।
दलितको घर भनेर थाहा पाएपछि भागेका पुजारीविरूद्ध मिलन बिकले मङ्सिर ६ गते वडा प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनुभएको हो । मिलनले पुजारीलाई गाउँकै कृष्ण पौडेलको सहयोगमा बोलाउनुभएको थियो ।
वडा प्रहरी कार्यालयका इन्स्पेक्टर मोति योञ्जनले एक जना आरोपितलाई गिरफ्तार गरिएको र अर्का एकजनाको पहिचान हुन नसकेको बताउनुभएको छ ।