INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२० वर्षीया युवतीलाई अश्लिल तस्वीर पठाएर यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कावासोती नपा–३ का २८ वर्षीय अभिषेक परियारविरूद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा मङ्सिर ६ गते उजुरी दिएको छ ।

पीडित युवती र उनका आफन्तलाई आरोपितले मङ्सिर ५ गते फेसबुकमा अश्लील तस्वीर पठाएर यौन दुर्व्यवहार गरेको पीडित पक्षको अरोप छ ।

पीडित पक्षबाट आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा ठाडो उजुरी प्राप्त भएको र फारर रहेका आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

अन्य

भिडियो