INSEC Online

📅 २०८३ जेष्ठ २१

युवतीको रहस्यमय मृत्यु, अनुसन्धानका लागि आमा गिरफ्तार

राजविराज नपा–२ तेतरी गाछीकी १८ वर्षीया कोमल साफीको मङ्सिर ४ गते शङ्कास्पद अवस्थामा शव फेला परेको छ ।

घरमा एक्लै रहेको अवस्थामा कोठाभित्र बिछ्यौनामा मृत अवस्थामा फेला परेकी साफीको घाँटीमा गोलो घेराको निलडाम रहेको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका डा. जितेन्द्र यादवले बताउनुभयो ।

मृतककी१२ वर्षीया बहिनी कृपा पढ्न विद्यालय गएकी, ४३ वर्षीय बाबु शङ्कर साफी टेम्पो चलाउन बजार गएको र घरमा सँगै रहेकी ४० वर्षीया आमा सरस्वती साफी समेत पात टिप्न घर बाहिर निक्लिएको बेला घटना भएको सरस्वती साफीले बताउनुभएको छ ।

घाँटीमा गोलो निलडाम रहेको अवस्थामा फेला परेको शव शङ्कास्पद भएको भन्दै शवलाई राजविराजमा पोष्टमार्टम नगरी मङ्सिर ५ गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण प्रसाईले बताउनुभयो ।

प्रहरीले मृतककी आमा सरस्वतीलाई जिल्ला प्रहरी कार्यालयमा नियन्त्रणमा राखेर सोधपुछ गरिरहेको जनाएको छ ।

अन्य

भिडियो