राजविराज नपा–५ बस्दै आएकी सिरहा मिर्चैया नपा–५ भेडियाकी २२ वर्षीया गर्भवति प्रतिभाकुमारी साहलाई कुटपिट गर्ने गरेको आरोपमा २८ वर्षीय पति जीवनकुमार साह, ५५ वर्षीय ससुरा शैलकुमार साह, ५२ वर्षीया सासू जनकदुलारी साह र २५ वर्षीय देवर भुवनकुमार साहविरूद्ध पीडितले जिल्ला अदालतमा कात्तिक २७ गते घरेलु हिंसाको उजुरी दिएकी छिन् ।
आरोपित पति ०७६ वैशाख ५ गतेदेखि राजविराज–सिरहा रुटमा गाडि चालक भएपछि राजविराज नपा–५ स्थित डेरामा सँगै बस्दै आएकोमा प्रत्येक दिन मादक पदार्थ सेवन गरी कुटपिट गर्ने गरेको पीडितले बताइन् ।
गर्भवति भएकीले औषधि उपचार गर्न आग्रह गर्दा गत असार २७ गते आरोपित पतिले दाइजो नदिने माइतीबाट पैसा ल्याएर औषधि उपचार गर्नु, खानपिन गर्नु भन्दै बेल्टले घाँटी बेरी, थिची कुटपिट गरेको पीडितले बताइन् ।
गर्भवती अवस्थामा आफ्नो बन्दोबस्त आफैँ गर्नु भनी गत असार २७ गतेदेखि डेरामा एक्लै छाडी आरोपित पति हिँडेकाले जीवनयापन कठिन भएको भन्दै पीडितले अन्तरिम संरक्षणात्मक आदेशसहितको कारवाहीका लागि उजुरी दिएको जिल्ला अदालतले जनाएको छ ।