२० वर्षीया युवतीलाई बेचबिखन गर्न लागेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका–३ बस्ने ३५ वर्षीय मनोज धोवीलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ ।
युवतीलाई कात्तिक २६ गते भारततर्फ लैजाने क्रममा नेपाल भारत सिमाना पाल्हीनन्दन गाउँपालिका–१ बाट पीडितको उद्धार गरी आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताए ।